०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी -राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको अवस्थामा सुधार हुन नसकेको निश्कर्ष निकालेको छ। सोमबार राष्ट्रपति कार्यालयमा पेश गरेको आयोगको वार्षिक प्रतिवेदनमा त्यस्तो निश्कर्ष छ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हो। संविधानको धारा २९४ (१) मा संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने व्यवस्था छ।आयोगले वर्षभरमा परेका उजुरी, तीमाथि भएका छानविन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिस तथा मानवअधिकार संरक्षण र सम्वर्द्धनका लागि भविष्यमा गर्नुपर्ने सुधारसम्बन्धी विवरणहरू प्रतिवेदनमा समावेश गरेको छ।एक वर्षमा मानवअधिकार उल्लङ्घन भएको भनी १३२ उजुरीहरू दर्ता भएको, पुरानासमेत गरी ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र मानव अधिकारका विविध विषयमा १२८ पटक अनुगमन गरेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदन पेश गर्दै आयोगका सचिव वेद भट्टराईले प्रतिवेदनले औंल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानवअधिकार संरक्षण र सम्वर्द्धनमा संवेदनशील हुन आयोगले नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको बताएका थिए। आयोग अहिले पदाधिकारीविहीन छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]