सप्तरी – मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक खण्ड दैनिक ६ घण्टा अवरुद्ध हुने भएको छ । बागलुङ बजार–अक्षते खण्ड अन्तर्गत पर्ने बागलुङ नगरपालिका–३ बोक्सेखाल्टा र काठेखोला गाउँपालिका–१ खहरे क्षेत्रको पहरो कटान गर्न करिब तीन हप्ता दैनिक सवारी संचालन बन्द गरेर काम गर्ने निर्णय भएको हो ।
मंसिर २५ गतेदेखि पौष १५ गतेसम्म विहान ७ देखि ९ बजेसम्म र दिनको ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर पहरो कटान गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार जानकारी दिए अक्षेते खण्ड सडक विस्तार तथा स्तरोन्नती गर्न दुई ठाउँमा पहरो कटान गर्नुपर्ने र सवारी संचालन भैरहँदा काम गर्न कठिन भएको हुँदा सहजताको लागि सवारी संचालन केही समय रोक्न आण्योजना कार्यालयले प्रशासनलाई आग्रह गरे पनि उक्त निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।लोकमार्गको विकल्पमा बागलुङ बजारदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ चल्ने साना सवारी साधन बागलुङ गहँते हुँदै खहरे र खहरेदेखि पाला हुँदै अक्षेते सडकलाई प्रयोग गर्न सकिने छ । वैकलिपक सडक मार्ग संचालन गर्न आयोजना कार्यालयले बागलुङ नगरपालिका र काठोखोला गाउँपालिकासँग समन्वय गर्ने छ ।
पहरो कटान गर्ने क्षेत्रको नजकिमा बागलुङ सदरमुकाममा वितरण भएको खानेपानीको पाइप रहेको हुँदा पानी वितरण सुचारु राख्न आयोजना कार्यालयले बागलुङ नगर खानेपानी उपभोक्ता समितिसँग समन्वय गर्ने निर्णय भएको उनले बताए । बागलुङ बजारदेखि घोडाबाँधेसम्म २५ किलो मिटर सडक अहिले विस्तारकै चरणमा छ । पटक पटक निर्माणको म्याद थप गरेपनि अधुरै रहेको लोकमार्ग निर्माणको कार्य आगमी जेठसम्म सक्ने प्रतिबद्धता जाहेर गरेका छन् ।बागलुङ बजारदेखि घोडाबाँधेसम्म दुई निर्माण कम्पनी खहरे खण्ड सिद्धिशाही प्रकाश जेभी र बिहुँ खण्डकोे सडक एपि इलाइट सूर्य कन्स्ट्रक्सन जेभीले सडक निर्माणको जिम्मेवारी लिएका छन । जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले आयोजना गरेका सर्वदलिय, सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका प्रतिनिधिले लिखित रुपमै विस २०७८ जेठ महिना भित्रै सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्ड (बागलुङ बजार अक्षेते भारत सिद्धिसाई जेभी र माथिल्लो खण्ड (बिहुँ–घोडाबाँधे) एमपी एसिएफ इसिसी जेभीका) को निर्माण जिम्मेवारी लिएको छ । पहाडी मार्गको रुपमा रहेको लोकमार्गको बागलुङ– घोडाबाँधे खण्डको वि.स २०७६ कात्र्तिक मसान्तसम्म काम सम्पन्न गर्ने विस २०७३ मा सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न भएपछि पुनः म्याद थप गरिएको छ ।
दुवै निर्माण कम्पनीको सम्झौता मिति फागुन मसान्तमा सकिँदै छ । पुनः म्याद थप गरेर बाँकी ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्न कम्पनी तयारीको साथ लागेको आयोजना प्रमुख मरासिनीले बताए ।