१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – २०६४ सालको संविधानसभा चुनावलाई लक्ष्य गरी साविक राजपुर फदरहवा गाविस–४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सोमबार सोही स्थान निवासी महनाव आलम पनि पक्राउ परेका छन्।

उनलाई प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।आलमलाई नेपाल–भारत सीमानामा पर्ने बोधिमाई नगरपालिका–७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए।पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निर्देशनमा उक्त विष्फोटको घटना लुकाउने उद्देश्यले विस्फोटमा मृत्यु र घाइते भएकालाई ट्र्याक्टरमा राखी इँटाभट्टामा जलाइएको स्वीकार गरेको खुल्न आएकाले महनावलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ।

आफ्ताव आलमका भाइ महनावविरुद्ध २०६४ चैत २८ गते भएको संविधानसभाको चुनावलाई लक्ष्य गरी चैत २७ गते उक्त स्थानको गोठघरमा प्रतिवादीले विस्फोटक पदार्थ भण्डारण गरी बम बनाउने क्रममा विष्फोट हुँदा नारायणसिंह राजपुतका छोरा त्रिलोकप्रतापसहित १४ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]