०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – स्थानीय प्रहरी प्रशासनको कमजोरीका कारण महोत्तरीको बर्दिबासमा स्थिति नियन्त्रणभन्दा बाहिर गएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयका उपसचिव रुद्र पण्डितको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले घटनाको छानबिन गरेर प्रतिवेदन समेत बनाइसकेको छ । मंसिर १२ गतेदेखि नै समितिले आन्तरिक छानबिन शुरू गरेको थियो भने १६ गतेदेखि २१ गतेसम्म छानबिन समितिले स्थलगत आएर घटनाका विभिन्न सरोकारवालासँग सोधपुछ गरेर प्रतिवेदन बनाएको छ ।‘हामीले छानबिन सकेर प्रतिवेदन समेत तयार पारिसकेका छौं,’ छानबिन समितिका एक सदस्यले भने, ‘अब संयोजकज्यूले प्रतिवेदनलाई गृह मन्त्रालयमा बुझाउनुहुनेछ ।’बालिका हत्या भएपछि हत्याका अभियुक्तले प्रहरीमा आएर आत्मसमर्पण गरेर शव बरामदी समेत भएको अवस्थामा शव मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउन प्रहरी चुकेका कारण बर्दिबासमा थप हिंसात्मक घटना हुन गएको प्रतिवेदनमा उल्लेख छ । मध्यरातमा शव बरामद गरिएको बेला नै राति बिजुली गएपछि पनि स्थानीयमा शंका बढेको थियो ।‘हत्या अभियुक्त पक्राउ परेर शव समेत बरामद भइसकेको अवस्थामा समयमै शव मुचुल्का उठाउन नसकेको कारण स्थानीयमा आक्रोश उत्पन्न भई आरोपीको घर जलाइएको थियो,’ समितिका सदस्यले भने, ‘प्रदर्शनकारीले प्रतिवादी अरुणकुमार साहको घर जलाउन जाँदा घर जोगाउन नसक्नु पनि प्रहरीबाट कमजोरी भएको पाइयो ।’विगतमा पनि प्रतिवादी साह हत्या आरोपमा अदालतबाट धरौटीमा छुटेको तथा बालिका हत्या गर्नुभन्दा केही महिनाअघि लकडाउनको अवधिमा पनि १ जना अर्की युवतीलाई दुर्व्यवहार गर्न खोज्नुले पनि स्थानीयमा आक्रोश बढेको छानबिनबाट पाइएको छ ।

ती सदस्यले भने, ‘बिहान घटना भए पनि सदरमुकाम जलेश्वरबाट प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षक सहितका सुरक्षा प्रमुखहरू घटनास्थलमा तत्कालै समयमा नपुगेको कारण पनि स्थिति बिग्रिएको थियो ।’ जलेश्वरबाट बर्दिबास पुग्न १ घण्टाको सवारी दूरी भए पनि बिहान नै पुग्नुपर्ने सुरक्षा प्रमुखको टोली दिउँसो २ बजे मात्र पुगेको थियो । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले बल प्रयोग गरेको कुरा प्रतिवेदनमा उल्लेख छ । प्रहरीले कूल १०१ राउन्ड गोली प्रहार गरेको थियो भने १५० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले चलाएको गोली लागेर स्थानीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो । गोली लागेर थप केही व्यक्तिहरू घाइते भएका थिए ।‘हामीलाई घटनाको सत्यतथ्य के भएको हो भन्ने कुराको निष्पक्ष छानबिन गर्ने म्यान्डेट मात्र भएकाले घटना के कसरी भयो भन्ने कुरा मात्र खुलाएका छौं, त्यसैक्रममा कुन निकायको के कस्तो कमीकमजोरी भयो भन्ने कुरा पनि प्रतिवेदनमा उल्लेख छ,’ ती सदस्यले भने, ‘कारबाही सिफारिस गर्ने अधिकार नै नभएकाले कुन व्यक्तिलाई के कारबाही गर्नुपर्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छैन ।छानबिन समितिले मृतकको घरमा नै पुगेर पीडित परिवारसँग भेटघाट गर्नुका साथै गोली लागि घाइते भएकाहरूसँग समेत घरमा नै पुगेर सोधपुछ गरेको थियो । स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, महिला अधिकारकर्मीसहित सुरक्षाकर्मीसहित प्रमुखहरूसँग कुराकानी गरिएको थियो ।

मंसिर ७ गते बर्दिबास नगरपालिका–१४ स्थित साहिद अन्सारीकी ६ वर्षीया छोरी गुलाबसा खातूनको हत्या गरिएको थियो । घटनापछि मृतक बालिकाको शवलाई राजमार्गमा राखेर राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गर्दा शवलाई नियन्त्रणमा लिन प्रहरीले सयौं राउन्ड फायर खोलेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]