१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। उनलाई भारत मोतिहारीबाट पक्राउ गरिएको छ । आलमलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो ।

५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। रौतहट साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन्।प्रदेश २ प्रहरीले मोहताबलाई नेपाल-भारत सीमाना बौदीमाई नगरपालिका-७ बड्की बंकुल क्षेत्रबाबाट पक्राउ गरिएको बताएको छ।प्रदेश प्रहरी प्रवक्ता कृष्ण प्रसाईंका अनुसार ५५ वर्षीय मोहताबलाई बौदीमाई नगरपालिका-८ बाट सोमबार बिहान पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानमा उनले आफ्ना दाइ अफताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]