सप्तरी – पछिल्लो दिनहरुमा भारतीय किसान आन्दोलन भारत सरकारलाई टोउको दुखाईको विषय बनेको छ । किसानको जारी आन्दोलन भारत भर बन्दको घोषणासम्म पुगेको छ । भारतीय किसानले पुरै भारतभर भोलि बन्दको घोषणा गरेका छन्।
मोदी नेतृत्वको सरकारले ल्याएको ३ वटा कृषि कानुन विरुद्ध भारतका किसानहरू यतिखेर आन्दोलनरत छन्। यी कानुन फिर्ता लिन किसानहरूले भारत सरकारलाई दबाब दिइरहेका छन्। किसानको घोषित भोलिको बन्दलाई १८ राजनीतिक दलहरूले समर्थन गरेका छन्।