सप्तरी – कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तिले शनिबार मध्य रात सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा आधा दर्जन घर भत्काउनुका साथै लाखौंको अन्नबाली नष्ट गरिदिएपछि स्थानिय त्रासमा छन् ।
राती १ बजेतिर हात्ति आक्रमणमा शम्भुनाथ नगपालिका वडा नं. २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको संरचना भएको घर भत्किनुका साथै लाखौंको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट भएपछि स्थानिय त्रस्त भएका हुन् ।चार पाँच वटा हात्तिको समूहले शम्भुनाथ नगरपालिका २ का मो. जाहागिर, मो. असराद्दिन, मो. हजरादिन तथा वडा न. ७ का सिमरित दास, सुकमार दास, भिम दास, राजकुमार दास, काशीकुमार दास लगायतको घर भत्काइदिएको पीडितहरुले बताएका छन् ।हात्तिको आंतकपछि गाउँले त्रासमा जाग्राम बस्न थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् ।स्थानिय मो. जाहागिरले भने, ‘हात्तिले अन्नबाली र घरमा क्षति पु-याउनुका साथै ज्यान समेत लिने सम्भावना बढाएपछि हाम्रो भोक र निन्द्रा दुबै हरेको छ ।’कोशी टप्पु बन्य जन्तु आरक्षका हात्तिले ६ महिना यता मात्रै जिल्लामा दुई दर्जन भन्दा बढी घर भत्काएको प्रहरी तथ्याङ्कले देखाएको छ । यस्तै सय विगहा भन्दा बढी जग्गामा लगाइएको अन्नबाली नष्ट गरिसकेको सीतापुरका कृषक चिरन्जिबी दाहाल बताउँछन् ।
२५ वर्षे तन्नेरीले मातेर ५१ वर्षिय महिलालाई जबरजस्ती गरेपछि…हात्ति आंतकबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाहरुले वर्षौदेखी नियन्त्रण र क्षतिपूर्ती माँग गर्दैै स्थानिय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर यसतर्फ हालसम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ ।स्थानिय कृषक इश्वर दाहालले भने, ‘गाउँमा हात्ति पसेको जानकारी गराएपछि प्रहरी आउने र हात्ति धपाउने बाहेक हालसम्म कुनै ठोस काम र उपाय हुन सकेको छैन् ।’
प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले जिल्लामा निरन्तर जारि रहेको हात्ति आंतकबारे संघीय र प्रदेश दुबै सरकारको ध्यानाकर्षण गराइसकिएको बताउँदै अविलम्ब यसको स्थायी समाधान खोज्नु पर्नेमा जोड दिएका छन् ।