१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – डोटीको बोगटान फुड्सिल गाउँपालिका –७ चवराचौतारमा आइतबार बिहान भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । ४ जना घाइते छन् ।

डोटीको दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको जिप दुर्घटनामा परि मृत्यु हुनेमा फुडसिल गाउँपालिका–७ चवराचौताराका सचिव (नायब सुब्बा) २८ वर्षीया मञ्जु त्रिपाठी र उनकी सासु आमा, ग्रामिण जनस्रोत व्यवस्थापन परियोजनामा कार्यरत डोटीकै केआइसिंह गाउँपालिका –४ चन्केसैन निवासी कृषि प्राविधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिएका हुन् । उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृतक मञ्जु त्रिपाठीका २ वर्षीय छोरा मुकुन्द त्रिपाठीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

घाइते हुनेहरुमा ग्लोबल आइएमइ बैंकका सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यमिक विद्यालयका शिक्षक हेमन्त बिष्ट र जिप चालक कैलाश बम रहेका छन् । उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]