२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – ल्याटिन अमेरिकी देश अर्जेन्टिनामा कोरोनाभाइरस महामारीबीच एक नयाँ सम्पत्ति कानुन पास गरिएको छ । यो कानुन पारित भएसँगै अब त्यहाँ पूँजीपतिमाथि विशेष कर लगाइएको छ ।

त्यहाँको सरकारले यसरी धनीहरुबाट लिइएको करलाई प्रयोग गरेर गरिबहरुलाई अतिआवश्यक वस्तु दिने बताएको छ । त्यहाँ शुक्रबार सिनेटमा लखपतीमाथि कर भन्ने विशेष कानुन ल्याइएको हो । यसको पक्षमा त्यहाँ ४२ सांसद थिए भने विपक्षमा २६ सांसदले मत हाले ।यो कानुनअनुसार अहिले त्यहाँ पहिलो पटक यस्तो कर लगाइएको हो । यो कानुनअनुसार अब त्यहाँ २० करोड पेसो अर्थात् करिब २९ करोड नेपाली रुपैयाँभन्दा धेरै सम्पत्ति हुनेले विशेष कर तिर्नु पर्छ । त्यहाँ १२ हजारभन्दा धेरै मानिससँग योभन्दा धेरै सम्पत्ति भएको मानिएको छ ।अर्जेन्टिना कोरोनाका कारण विश्वमा सबैभन्दा प्रभावित देशमध्ये एक हो । त्यहाँ अहिलेसम्म कोरोनाका कारण १५ लाख मानिस संक्रमित भएका छन् भने ४० हजारले ज्यान गुमाएका छन् ।

सरकारले यसरी उठाएको करलाई विभिन्न शीर्षकमा गरिबलाई बाँड्ने बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]