१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – फ्रान्समा सुरक्षा विधेयकविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार प्रदर्शन हिंसात्मक बनेसँगै प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहर गरेको थियो ।

प्रदर्शनकारीहरुले पनि पसलका झ्यालहरु फुटाउने तथा केही सवारीसाधनमा आगजनी गरेका थिए । शनिबार प्रस्तावित सुरक्षा विधेयकको विरुद्धमा करिब एक सय र्‍यालीहरु निस्किएका थिए । नयाँ विधेयकअनुसार प्रहरीको फोटो तथा भिडियो खिच्नु गैरकानुनी हुन्छ ।विपक्षीहरुले सरकारले अहिले प्रस्ताव गरेको कानुनले प्रेस स्वतन्त्रताको हनन हुने आरोप लगाउँदै आएका छन् । फ्रान्समा अश्वेत संगीत निर्मातामाथि प्रहरीले दुर्व्यवहार गरेको र उनलाई पिटेको प्रहरीको भिडियो सार्वजनिक भएसँगै फ्रान्समा प्रहरी दमनविरुद्ध आन्दोलन हुँदै आएको छ । त्यस्तै श्रृङ्खलाबद्धरुपमा प्रहरी दमनका भिडियोहरु सार्वजनिक हुन थालेपछि फ्रान्सको सरकारले प्रहरीको फोटो तथा भिडियो लिन नपाउने गरी नयाँ कानुन ल्याउने तयारी गरेको हो । यो नियम नमान्नेलाई ४५ हजार युरो जरिवाना र एक वर्षको जेल सजाय हुनेछ ।

शनिबार भएको हिंसात्मक आन्दोलनमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । साथै प्रहरीसँगको झडपमा परी दर्जनौं मानिसहरु घाइते भएा छन् । फ्रान्समा प्रदर्शन बढेसँगै सुरक्षा सतर्कता पनि बढाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]