सप्तरी – नेपालको राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको निमार्णाधिन गल्छी, त्रिशुली स्याफु्रबेसी रसुवागढी सडक अन्तर्गतको सोह्र किलोमिटर सडकको काम अझै अघि बढ्न सकेको छैन ।
निर्माण साम्झौता भएको १ बर्ष हुँदा पनि आयोजनाको काम सुरु हुन नसकेको हो । निर्माण कम्पनी चाईना टिबेट टिएनन्यु कम्पनी सम्पर्क विहीन बन्दा सडक निमार्ण कार्य सुरु नभएको हो ।सडक छेउँका अस्थाई संरचना तथा सडकको बिजुलीको पोल हटाउने काम लगाएर ठेकेदार कम्पनी बेपत्ता भएको हो ।
चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा सडक स्तरोन्ती हुन लागेको हो । यो सडकको साँढे आठ मिटर चौडाईमा कालो पत्रे गरिने छ भने छेउमा एक मिटर नाली रहने योजना रहेको छ ।