०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – तरकारी तथा फलफूल बजारमा बिचौलियाको बिगबिगी छ। किसानले उचित मूल्य पाउन सकेको छैनन्। उपभोक्ताले चर्को मूल्यमा तरकारी तथा फलफूल किन्न बाध्य छन्। बिचौलिया अन्त्य गर्न पहिलोपटक काठमाडौंको चाबहिलमा केन्द्रीय सहकारी बजार स्थापना भएको छ।

कालिमाटी तथा बल्खुमा तरकारीका ठूला बजार छन्। ती बजारबाट कृषकले उचित मूल्य पाउन सकेका छैनन्। कम्तीमा ५/६ तहमा किनबेच भई कालिमाटीसम्म आइपुग्दा तरकारी महँगो हुने गरेको छ। सहकारी बजार स्थापना भएसँगै उपभोक्ताले चर्को मूल्यमा तरकारी तथा फलफूल किन्नुपर्ने बाध्यता अन्त्य हुने देखिएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी बजारले कृषक र उपभोक्ता दुवैले राहत पाउने बताइन्। शुक्रबारदेखि उद्घाटन भएको सहकारी बजारको व्यवस्थापन कृषि, बिउ, तरकारी तथा फलफूल केन्द्रीय संघले गर्नेछ। ‘अब किसानको उत्पादन सिधैं बजारमा आउनेछ र उपभोक्ताले समेत सस्तोमा किन्न पाउनेछन्’, मन्त्री अर्यालले भनिन्।सुरुमा किसानले आफूले उत्पादन गरेको फलफूल र तरकारी सहकारी संस्था हुँदै संकलन केन्द्रमा जम्मा हुनेछ। किसानको उत्पादनको उचित मूल्य दिएर उक्त फलफूल र तरकारी संकलन केन्द्रले खरिद गर्नेछ। सरकारले किसानलाई दिनुपर्ने मूल्य र उपभोक्ताका लागि बजार मूल्यसमेत तोक्न सक्नेछ। किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने बजार मूल्यबीच ठूलो अन्तर भने हुने छैन।

बजारमा चिस्यान केन्द्र, प्रयोगशाला, लेभलिङ, प्याकेजिङ, ग्रेडिङको काम हुन्छ। किसानले उत्पादन गरेका तरकारी र फलफूलले मूल्य पाउन नसकेपछि बजार सुनिश्चितताका लागि सहकारी बजार स्थापना गरेको हो।मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी)को सहयोगमा सहकारी बजार स्थापना गर्न लागेको हो। ललितपुरको महालक्ष्मी नगरपालिका पनि पूर्वाधारको निर्माण भइरहेको छ। काठमाडौं आसपासका ६ जिल्लामा संकलन केन्द्र तथा सहकारी बजार स्थापना हुनेछ।मन्त्रालयका उपसचिव अनन्त बस्नेतका अनुसार गाउँमा उत्पादन भएको तरकारी सहकारीमार्फत केन्द्रीय बजारसम्म आइपुग्नेछ। कतिपय सहकारीले आफ्ना सदस्यबाट उत्पादन तरकारी तथा फलपूल बजारसम्म ल्याउन सक्छन्। केन्द्रीय संघले आफ्नै गाडीबाट पनि संकलन केन्द्रबाट तरकारी तथा फलफूल बजारसम्म ल्याउन सक्नेछ।फलफूल र तरकारी उत्पादन हुने नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, चितवनमा संकलन केन्द्र तथा तरकारी बजार र काठमाडौं उपत्यकामा तीन ठाउँमा तरकारी बजार स्थापना गर्ने तयारी सरकारको छ। तरकारी तथा फलफूलको बिक्रीमा बिचौलिया अन्त्य गर्न सरकारले साझेदारीमा पहिलो चरणमा ६ जिल्लामा सहकारी बजार स्थापना गर्न लागेको हो। मन्त्री अर्यालले देशव्यापीरुपमा सहकारी बजार गर्न आवश्यक भएको बताइन्।

मन्त्रालयले बजार सञ्चालनका लागि निर्देशिकाको मस्यौदाको नमूना बनाएको छ। संघ तथा सहकारीले नमूना मस्यौदा आधार बनाएर निर्देशिका जारी गरी साझेदारी गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]