२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – कोरोनाबाट गत साता विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ । जर्मनीमा एक र भारतमा एक जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघका अनुसार जर्मनीमा पहिलोपटक नेपालीले कोरोनाबाट ज्यान गुमाएका हुन् । यससँगै विदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय १ जना पुगेको छ । विश्वका विभिन्न २० मुलुकमा गरी उक्त संख्याका नेपालीको मृत्यु भएको हो ।संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय नेपाली संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।हालसम्म नेपालमा मात्र २ लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् । तीमध्ये २ लाख ३४ हजार ७ सय ५६ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव ३ प्रतिशत छ । नेपालमा कोरोना संक्रमणका कारणले १ हजार ५ सय २९ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]