११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कार बाहिर एक युवतीको शव फेला परेको छ। करिब २५ वर्षीया युवतीको सनाखत हुन भने बाँकी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिइन्।

मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर घाइते अवस्थामा युवती फेला परेकी थिइन्। ‘उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो,’ एसपी थापाले नेपालखबरसँग भनिन्, ‘उनको सनाखत हुन बाँकी छ। आफन्तलाई खबर गरेका छौँ। केही बेरमा सनाखत होला।’भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको अवस्थामा राति पौने १ बजे कार सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ। कारमा कतिजना सवार थिए र कसले चलाएको खुलेको छैन।

दुर्घटनापछि चालकसहित अन्य यात्रु भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]