सप्तरी – चिसो बढ्दै गएका कारण पोखरा महानगरपालिका २० मौजास्थित हिमालय माध्यमिक विद्यालयले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो । कार्यक्रममा वडाध्यक्ष सिम गुरुङले विकट बस्तीम शिक्षा, स्वास्थ्य तथा खानेपानी, वृक्षारोपणजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै आएको बताए ।
कार्यक्रममा भलाम स्वास्थ्य चौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरेले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेका थिए ।