१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – उद्योगामा अनुगमनमा गएका बेला बार्गेनिङ गरेर घुस रकम लिएको आरोपमा वीरगन्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयका चार जना कर्मचारी पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साले गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीद्वय पदमबहादुर रोक्का र सत्यनारायण चौधरी तथा सवारी चालक उदय प्रताप सिंहलाई नियन्त्रणमा लिएको हो। वीरगन्ज स्थित एक टेक्स्टाइल उद्योगमा बिहिबार अनुगमन गर्न गएका उनीहरुले ११ हजार रुपैयाँ घुस लिएको आरोप छ। उद्योग अनुगमनका क्रममा ११ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमन तमाङ्गले बताए। गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रमुख वरिष्ठ निरीक्षक शशीभुषण यादवका अनुसार गण्डक चोकका केही उद्योगमा नापतौल कार्यालयबाट अनुमति नलिइ तौल गर्ने गरेको भनेर सूचना आएको थियो। उक्त सुचनाको आधारमा कार्यालयबाट ती चार जना कर्मचारी अनुगमनका लागि निस्केका थिए। उद्योगको अनुगमनका क्रममा मालसामान तौल गर्ने मेसिन (काँटा) मा त्रुटी भेटिएको थियो।अनुगमन टोलीले तौल काँटा नियन्त्रणमा लिएपछि बार्गेनिङ गरेर ११ हजार रुपैयाँ घुस लिएर काँटा उद्योगलाई नै फिर्ता गरिदिएका थिए। कर्मचारीले घुस लिएको उजुरी प्रमुख जिल्ला अधिकारी तामाङ समक्ष पुगपछि तमाङ्गको निर्देशनमा स्थानीय प्रशासनले चारै जनालाई बिहीबार नै नियन्त्रणमा लिएको हो।

कर्मचारीहरुले उद्योगमा अनुगमनका क्रममा ११ हजार रुपैयाँ घुस लिएको र गाडीमै बाँडफाँड गरेको स्वीकार पनि गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका चार जना कर्मचारी मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएकाले उनीहरु संक्रमणमुक्त भएपछि चारै जनालाई हेटौडा स्थित अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालयमा बुझाइने प्रमुख जिल्ला अधिकारी तमाङले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]