२७ चैत्र २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – ताप्लेजुङका तीन पालिकाले अब आफ्नै एम्बुलेन्समार्फत सेवा दिने भएका छन् । पछिल्लो समय सिदिङ्वा गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारबाट राजस्व छुटमा खरिद गरी ल्याइएको एम्बुलेन्स यसै साताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले जानकारी दिए ।जिल्ला एम्बुलेन्स सञ्चालन समितिले तोकेको भाडादरलाई आधार मानेर पालिकाभित्रका सेवाग्राहीलाई विशेष प्राथमिकता र छुट दिने गरी एम्बुलेन्स सेवा सुरु गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताए ।केही महिनाअघि मात्र फुङलिङ नगरपालिकाले समेत एम्बुलेन्स भित्र्याएको छ । काठमाडौँस्थित भारतीय दूतावासले दिएको एम्बुलेन्स नगर क्षेत्रभित्रका नागरिकलाई विशेष ग्राह्यता दिएर सञ्चालन गरिन लागेको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए ।

सिरिजंघा गाउँपालिकालाई पनि यसअघि नै भारतीय दूतावासले एक थान एम्बुलेन्स दिएको छ । ‘अघिल्लो वर्षबाटै एम्बुलेन्सले पालिकाभित्रका सेवाग्राहीलाई छुटसहित सेवा प्रदान गरिरहेको छ’, गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले भने । योसहित ताप्लेजुङको फुङलिङ नगरपालिका, सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका आफ्नै एम्बुलेन्स भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]