१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – नेपालस्थित अमेरिकी राजदूतावासले राजधानी काठमाडौं उपत्यकालगायतका विभिन्न जिल्लामा हुन थालेको राजनीतिक दलहरुको बिरोध तथा प्रदर्शन कार्यक्रमलाई लक्षित गरेर आफ्ना नागरिकहरुलाई विशेष सावधानी अपनाउन ‘अलर्ट’ जारी गरेको छ ।

दूतावासले शुक्रबार जारी गरेको ‘नोटिस’ मा शनिबार काठमाडौंको माइतीघर मण्डलामा हजारौंको सहभागितामा नागरिक सभा तथा बिरोध प्रदर्शनको कार्यक्रम रहेकाले सावधानी र सतर्कता अपनाउन काठमाडौं बस्ने अमेरिकी नागरिकलाई अनुरोध छ ।दूतावासको आफ्नै क्षेत्रीय सुरक्षा कार्यालयको सूचनाको आधारमा उक्त ‘अलर्ट’ जारी गरिएको बताइएको छ । त्यसैगरी अमेरिकी नागरिक र अमेरिकी संघ संस्थाहरुलाई आगामी हप्ताको अन्त्यमा राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न भागमा हुने राजनीतिक बिरोध र प्रदर्शनका कार्यक्रबाट जोगिन सकेसम्म आफ्नै निवासमा रहन पनि दूतावासले अनुरोध गरेको छ ।अलर्टमा भनिएको छ ‘कुनै ठूलो भीड वा तत्काल आयोजना हुने बिरोध कार्यक्रमका कारण कहिँ कतै फसिएको अवस्थामा जतिसक्दो छिटो उक्त क्षेत्रबाट अन्यत्र जान र टाढा जान नसकिने अवस्था देखिएमा नजिकैको सुरक्षित स्थानमा आश्रय लिन सुझाव दिइन्छ ।’दूतावासले विशेषगरी काठमाडौं र ललितपुर जिल्लाको उत्तरी भेगमा त्यस्ता गतिविधिहरू हुँदा विशेष सावधानी अपनाउन भनेको छ ।

आफू,आफ्नो कार्यालय र वासस्थान नजिक कुनैपनि शंकास्पद वस्तु फेला परेमा तत्काल नेपाल प्रहरीलाई सूचित गर्न अनुरोध गर्दै वरपरका घटना तथा गतिबिधिबारे सचेत रहनको लागि स्थानीय सञ्चार माध्यम हेर्न,सुन्न र पढ्न भनिएको छ । दूतावासले त्यस्ता ठाउँमा सकेसम्म सवारी साधनको प्रयोग नगर्नसमेत अमेरिकीहरुलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]