सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियामा रहेका सबै अमेरिकी सेना फिर्ता गर्न आदेश दिएका छन् ।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अनुसार आगामी जनवरी १५ तारिखसम्ममा सोमालियामा रहेका अमेरिकी सेनालाई फिर्ता गरिनेछ ।बीबीसीका अनुसार सोमालियामा करिब ७ सयको संख्यामा अमेरिकी सेना रहेका छन् । अमेरिकी सेनाले सोमालियाको सरकारलाई आतंकवादी समूह अल शबाब र इस्लामिक स्टेटसँगको लडाईँमा साथ दिइरहेको छ ।
अमेरिकी रक्षा अधिकारीहरुका अनुसार सोमालियामा रहेका केही सैनिकलाई छिमेकी देशमा अन्तरसीमा अपरेसनमा परिचालन गरिने भएको छ ।