१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – मुलुकभर हिंसा विरुद्धको अभियान चलिरहेका बेला ओखलढुंगामा एउटा कहालीलाग्दो बलात्कारको घटना बाहिरिएको छ । १४ वर्षीया बालिका सुत्केरी भएपछि उनी बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

बालिका विरामी भएपछि रामेछापको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुर्‍याएपछि उनी गर्भवती रहेको चिकित्सकहरुले पुष्टि गरेका थिए । बालिकाले अस्पतालमै मंसिर १३ गते बच्चा जन्माएकी छिन् । अहिले आमा र बच्चाको दुबैको अस्पतालमा उपचार भइरहेको छ । बच्चा जन्माएपछि परिवारले गरेको सोधपुछका क्रममा बालिकाले आफु बलात्कृत भएको बताएकी छन् । २०७६ फागुन २८ गते आफु बलात्कृत भएको र परिवार र समाजका डरले घटना सार्वजनिक नगरेको उनले बताइन् ।बालिकाको बयानका आधारमा आरोपित चम्पादेवी गाउँपालिका वडा नं. २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

घरमा कोही नभएको समयमा मगरले बालिकालाई फकाएर बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा सोमबार उजुरी दिएका थिए । उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख रुपेश खड्काले बताए । घटना जटिल रहेकाले गम्भिर अनुसन्धान भइरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]