१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी- बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर बढ्ने भएको हो ।

राष्ट्र बैंकले मुद्दती निक्षेप र अन्य साधारण बचत खाताको ब्याजदर ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेपछि बचतकर्ताको ब्याज पनि बढ्ने भएको छ ।बचतको ब्याज थोरै बढ्दा बैंकको आधार दर पनि माथि उक्लिनेछ । यो व्यवस्थाका कारण अहिलेभन्दा आधादेखि एक प्रतिशत बिन्दुले आधार दर बढ्नेछ । आधार दर बढेपछि ऋणको ब्याज पनि बढ्ने जनाइएको छ ।मौद्रिक समीक्षाले कलनिक्षेपबाहेकका ब्याज प्रदान गरिने खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक पर्न नपाइने व्यवस्था गरेको छ । समीक्षामार्फत अधिविकर्ष (ओडी), सेयरधितो र रियलस्टेट कर्जाका विद्यमान व्यवस्था पुनरावलोकन गर्ने उल्लेख छ ।अहिले अन्य क्षेत्रमा लगानीको वातावरण संकुचित हुन थालेपछि लगानीकर्ताहरू सेयरमा आकर्षित छन् । ओडी कर्जा लिएर सेयर र घरजग्गा जस्ता रियलस्टेट क्षेत्रमा लगानीगर्नेहरू बढ्न थालेपछि राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको बताइएको छ । राष्ट्र बैंकले स्थिर ब्याजदरको व्यवस्थामा लचिलो बने पनि सेयर कर्जा तथा रियलस्टेट कर्जामा भने कडाइ गर्न खोजेको देखिएको छ ।बैंकहरूले मुद्दती निक्षेपमा ९ प्रतिशतसम्म ब्याज दिइरहेको अवस्थामा साधारण बचतमा भने थोरै मात्रै ब्याजदर प्रदान गर्दै आएकामा अबउप्रान्त मुद्दती निक्षेप र अन्य साधारण बचत खाताको ब्याजदर ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बचतको ब्याजदर घट्दै गएको अवस्थामा ब्याजदरलाई बढाउने प्रयास गरेको हो ।

बैंकले अबउप्रान्त मुद्दतीमा १० प्रतिशत ब्याज दिन्छ भने अन्य बचतमा ५ प्रतिशत ब्याज दिनैपर्ने हुन्छ । अधिक तरलता भएपछि बैंकहरूले बचतको ब्याज ह्वात्तै घटाएका थिए । साढे ६ प्रतिशतको बचतको ब्याज ८ वटा बैंकले डेढ प्रतिशतसम्म झारेका थिए । अधिकांश बैंकको बचतको न्यूनतम ब्याज २ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]