१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – नेपाल पानी जहाज कार्यालयले चार ठूला नदीमा आन्तरिक जलमार्ग सम्भाव्यता अध्ययन थालेको छ। कार्यालयले कोसी, कर्णाली, कालीगण्डकी र नारायणी नदीको सम्भाव्यता अध्ययन थालेको हो।

कार्यालयका सूचना अधिकारी राजन प्रधानका अनुसार अहिले परामर्श छनोट गर्ने काम भइरहेको छ। आर्थिक वर्ष सुरु हुनेबित्तिकै सम्बन्धित निकायसँग प्रस्ताव गरिने उनले जानकारी दिए।उनले भने, ‘नदीमा आन्तरिक जलमार्गलाई प्रोत्साहन गरेर सञ्चालन गराउने उद्देश्यले काम भइरहेको छ।’ कसरी पानी जहाज चलाउने भन्ने सुरक्षाका प्रावधानबारे पनि आन्तरिक गृहकार्य थालिएको उनले जानकारी दिए।‘धेरैले पानी जहाजको टिप्पणी गर्दै खिल्ली उडाए, ’उनले भने, ‘खुला नदीमा जहाज चलाउन त्यति सजिलो छैन। प्रावधानहरु केके छन् त्यो नि अध्ययन गर्नुपर्छ। सबै भन्दा सुरक्षाका उपायलाई हेर्नुपर्छ। त्यसैमा अहिले काम भइरहेको छ।’

नेपालमा पहिलो पटक २०७५ फागुनमा पानीजहाज कार्यालय स्थापना भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]