२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – बाँकेको राप्तीसोनारी गाउँपालिकामा स्थानीय कानुन तर्जुमा तथा सभा सञ्चालन सिकाइ अभ्याससम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ ।

गाउँपालिका महासंघको आयोजनामा स्थानीय जनप्रतिनिधिलाई कानुन पढाउन थालिएको हो ।गाउँपालिका राष्ट्रिय महासंघका सचिवालय सदस्य तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले संघीय संरचनाअन्तर्गत पाएको राजनीतिक, प्रशासनिक र वित्तीय अधिकार उपयोगका लागि कानुनको ज्ञान हुनुपर्नेमा जोड दिए ।‘स्थानीय कानुन बनाउन स्थानीय तहका जनप्रतिनिधिहरू सक्षम हुनुपर्छ । उनीहरू सक्षम भए मात्र स्थानीयले कानुनी उपचार पाउन सक्छन्’, कक्षपतिले भने ।राप्तीसोनारीका अध्यक्ष लाहुराम थारुले यस्तो सिकाइ कार्यशाला स्थानीय सरकार सञ्चालनको सुरुआती चरणमै गरिनुपर्नेमा ढिलै भए पनि कार्यक्रम आयोजना भएकामा खुसी व्यक्त गरे ।कार्यशालामा संघले स्थानीय तहलाई दिएको २२ वटा एकल अधिकार र अन्य साझा अधिकार कसरी उपयोग गर्ने, कानुुन कसरी बनाउने भन्ने विषयमा विषयविज्ञ तथा अधिवक्ता प्रेम धितालले सहजीकरण गर्नेछन् ।कार्यशालामा कानुन तर्जुमा, विधेयक कसरी ल्याउने र सभा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुनेछ ।राप्तीसोनारीका सम्पूर्ण जनप्रतिनिधि सहभागी कार्यशालामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले जनप्रतिनिधिलाई कानुन सिकाएपछि व्यवहारमा लैजान सहयोग पुग्ने बताइन् ।

गाउँपालिका राष्ट्रिय महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले स्थानीय जनप्रतिनिधिलाई कानुनको ज्ञानबारे प्रशिक्षित बनाउन तालिम आयोजना गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]