२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – पर्वतको जलजला गाउँपालिकाले जिल्लामै पहिलो पटक नगर प्रहरी भर्ती गरेको छ। गाउँपालिकाभित्र शान्ति र अमनचैन कायम गर्न स्थानीय प्रशासन र प्रहरीबाट असहयोग भएकाले गाउँपालिकाले आफ्नै नगर प्रहरी राखेको गाउँपालिका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले बताए।

उनका अनुसार प्रहरी सहायक निरीक्षकमा शाहिल आचार्य, हवल्दारमा राजेश सुबेदी र जवानमा रोशन कार्कीलाई छनोट गरिएको छ। गाउँपालिकाले नगर प्रहरी राख्न सकिने गरी कानुन गाउँसभाबाट पास गरेको थियो।त्यही कानुनका आधारमा नगर प्रहरीको भर्ना गरिएको हो। ‘हाम्रो पालिका म्याग्दी र बागलुङसँग जोडिएको छ। हाइवे पनि यसैमा छ। यहाँ शान्ति सुरक्षाको अभाव भएकै कारण प्रहरी राख्‍नुपरेको हो।’ गाउँपालिका प्रमुख मल्लले भने, ‘अवैध रूपमा उद्योगहरू खुलेको विषयमा प्रशासनमा जानकारी गराउँदा वास्ता भएन, सुगम ठाउँमा पनि जिल्लामा रहेको प्रहरीको उपस्थिति छैन। यही कारण हामीलाई आफ्नै प्रहरी चाहिएको हो।’उनले आफ्नो क्षेत्रमा समस्या परेको बेलामा बोलाउँदासमेत नगएको प्रहरीलाई पालिकामा रहेका गिट्टी, बालुवा तथा क्रसर उद्योगहरूमा पुगेर हैरान पार्न खटाउने गरिएको आरोप लगाउँदै पालिकाको हित गर्न आफ्नै प्रहरीको आवश्यकता परेको बताएका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पालिकालाई दिएको अधिकारका आधारमा नगर प्रहरी राखिएको हो। आन्तरिक साधन स्रोतको अधिकतम परिचालन गरेर आम्दानी बढाएपछि प्रहरीको सङ्ख्या फेरि थप गर्ने पालिकाको योजना छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]