सप्तरी – स्पेनिस क्लब एथ्लेटिको मड्रिडका उरुग्वेली स्ट्राइकर लुइस स्वारेज कोरोना मुक्त भएका छन् । बिहीबार गरिएको परीक्षणमा उनको नतिजा नेगेटिभ आएको हो ।
कोरोना परीक्षण नेगेटिभ आएसँगै स्वारेज टिमको प्रशिक्षणमा फर्किने भएका छन् । ब्राजिल र कोलम्बियासँग खेल्नु अघि गरिएको पिसिआर परीक्षणमा स्वारेजको नतिजा पेजेटिभ आएको थियो ।कोरोना पेजेटिभ देखिएपछि उनले यी दुवै खेलका साथै एथ्लेटिकोका केही महत्त्वपूर्ण खेल गुमाएका थिए ।स्वारेजले ला–लिगा अन्तर्गतका बार्सिलोना र भ्यालेन्सिया तथा च्याम्पियन्स लिग अन्तर्गतका लोकोमोटिभ मस्को र बायर्न म्युनिख विरुद्धको खेल गुमाएका थिए ।
स्वारेज ला लिगा अन्तर्गत शनिबार हुने रियल भालाडोलिडसँगको खेलबाट मैदानमा फर्कन सक्ने क्लबले बताएको छ ।