३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग मनपरी जरिमाना असुल गरेको छ । कोरोना महामारीका कारण समयमा नै शुल्क बुझाउन नसकेका ‘डिम्पलोमा इन फार्मेशी’र ल्याब टेक्निसियन विषय अध्ययनरत विद्यार्थीबाट मनपरीरुपमा जरिमाना असुल गरेको हो ।

डिम्पोलामा इन फार्मेसीको तीन वर्षको कोर्ष पूरा गरेको शुल्क नोबेलले तीन लाख ३७ हजार रुपैयाँ तोकेको छ । तर कोरोना महामारीका कारण समयमा नै पैसा बुझाउन नपाएका विद्यार्थीसँग १ लाख २० हजारसम्म जरिमाना तिर्न ताकेता गरेको विद्यार्थीले गुनासो गरेका छन् ।नोबेलले बनाएको मापदण्डअनुसार विद्यार्थी भर्ना हुँदा १ लाख २० हजार रुपैयाँ र ३/३ महिनामा विद्यार्थीले २० हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । तर परीक्षा र्फम भर्न पुगेका विद्यार्थीसँग १ लाख २० हजार रुपैयाँसम्म जरिमाना तिर्नुपर्ने बताएको एक विद्यार्थीले बताए ।जरिमाना रकम नुबझाए ब्याक परीक्षाबाट बञ्चित गराइदिने धम्की पनि दिँदै आएको ती विद्यार्थीको भनाइ छ ।फार्मेसीका विद्यार्थीसँग जस्तै ल्याब टेक्निसियन पढ्ने विद्यार्थीसँग समेत चर्काे जरिमाना शुल्क उठाउन थालेको विराटनगरका युवा योगराज आशिष दाहालले बताए ।

यता नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कलेजले तोकिएको भन्दा बढी जरिमाना नलिएको बताएका छन् । भर्नाको समयमा विद्यार्थीसँग गरिएको सम्झौता अनुसार नै जरिमाना तोकिएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]