०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – बझाङकी १२ वर्षीया बालिका सम्झना विकको हत्या प्रकरणमा सजाय काटिरहेका राजेन्द्र बोहरा अस्पतालको शौचालयबाट फरार भएपछि ड्युटीमा खटिएका तीन जना प्रहरी निलम्बनमा परेका छन्।

दोषी प्रमाणित भएपछि उनलाई डोटीको बालसुधार गृहमा राखिएको थियो।मंसिर ६ गते कोरोना पुष्टि भएपछि उनी जिल्ला अस्पताल डोटीको आइसोलेसन वार्डमा उपचाररत् थिए।गएराति १० बजे आइसोलेसन वार्डको शौचालयको भेन्टिलेसन तोडेर उनी फरार भएका थिए।ड्युटीमा खटिएका बेला उनी फरार भएपछि जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत हवल्दार धनसिंह सामन्त, प्रहरी जवान राज कुमार विक र नरेश बहादुर धामी निलम्बनमा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। ‘प्रहरी ड्युटीमा खटिएका बेला यसरी अभियुक्त फरार भएकोले उनीहरूलाई निलम्बन गरेको हो, जिल्ला प्रहरी कार्यालय डोटीले उनीहरूमाथि छानबिन अगाडि बढाएको छ,’ उनले भने।गएराति १० बजे बोहरा अस्पतालबाट भागेपछि त्यहाँ हल्लीखल्ली मच्चिएको थियो। त्यसलगत्तै जिल्ला र प्रदेश प्रहरी कार्यालमा खबर आएपछि दुवै ठाउँबाट प्रहरी टोली खटिएका थिए।टोलीले ठाउँ-ठाउँमा नाकाबन्दी गररे खोजतलास गर्दा डोटीकै पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ मा फरार अभियुक्त बोहरा फेला परेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए।संवेदनशील घटनामा सजाय पाएका अभियुक्तलाई प्रहरीकै सक्रियताका कारण पुन: पक्राउ गर्न सफल भएको सिंहको भनाइ छ।निलम्बनमा परेका तीनै जना प्रहरी कर्मचारी दोषी देखाए कारबाहीमा पर्ने उनले बताए ।

यसअघि बोहराले असोज ८ गते मष्टागाउपालिका वडा नम्वर २ खिकलाकी १२ वर्षीया सम्झना विकको बलात्कार गरेर हत्या गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]