सप्तरी – मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट वेल्ही धनुषाले जनाएको छ।
धनुषाको हंसपुर नगरपालिका-५, बेल्हीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदलयात्री स्थानीय ७० वर्षीय जोगी यादव रहेका छन्।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। बेल्हीबाट सुगानिकासतर्फ जाँदै गरेको ज ९ प ५९९१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी सवा ७ बजे बाटोमा हिँड्दै गरेका उनलाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक फरार भएकाले खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट बेल्ही धनुषाले जनाएको छ।