३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा ४ मजदुर घाइते भएका छन् । खानीमा बिहीबार राति सवा १२ बजे चारपटक विस्फोट भएको हो ।

घाइते हुनेमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान छन् ।इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरू कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । बम कसले राखेको भन्ने खुलिनसकेको पनि भण्डारीले बताए ।चारवटा बम एकैसाथ पड्किँदा मजदुरहरूबीच भागाभाग मच्चिएको थियो । घटनास्थलमा शंकास्पद वस्तु अरू पनि देखिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको भण्डारीले जानकारी दिए ।विस्फोटबाट खानीमा रहेका ४ वटा एक्स्काभेटर र एउटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।घटनालगत्तै डीएसपीको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए । अज्ञात समूहले सुतली र सकेट बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसअघि पनि ताप्ली गाउँपालिका कार्यालयलाई लक्षित गरी मंसिर ७ गते पनि अज्ञात समूहले बम विस्फोट गराएको थियो । दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक दाहालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]