११ फाल्गुण २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – चितवनको भरतपुर कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य बहादुर थापाले रातोपाटीलाई बताए ।

कैदी रेशमलाल श्रेष्ठ भागेको घटनामा मिलेमतो गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई निलम्बन गरेको हो । मंसिर ११ मा साँझ जबर्जस्ती करणी मुद्धाका ४५ वर्षीय रेशमलाल १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।सो घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकेको छ ।

कालिका नगरपालिका घर भएका कैदी रेशमलालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साउन २० मा जबरजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानका लागि कारागार पठाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]