०७ कार्तिक २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – ए डिभिजन लिगको १०औं चरणमा च्यासल युथ क्लबविरुद्धको खेलमा घाइते भएका मछिन्द्र क्लबका स्ट्राइकर मनिष डाँगी आज डिस्चार्ज हुने भएका छन् ।

मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवालले दिएको जानकारी अनुसार ब्लु क्रस अस्पतालमा उपचाररत मनिष आज डिस्चार्ज हुनेछन् । टाउकोमा चोट लागेका कारण उनले ए डिभिजन लिगका बाँकी तीन खेल गुमाउने सम्भावना उच्च रहेको कटुवालले बताए । तर उनको स्वास्थ्य अवस्था भने समान्य रहेको छ ।
शनिबार दशरथ रंगाशालामा भएको खेलको ६६औं मिनेटमा मनिष विपक्षी खेलाडी यानिक केइचासँग ठोक्किएर मैदानमा लडेका थिए । टाउकोमा चोट लागेका उनी करिब चार मिनेट मैदानमै बेहोस भएका थिए ।

मनिष मैदानमा लडेलगत्तै खेलाडीहरुमा रुवाबासी नै चलेको थियो । झन्डै सात मिनेटको प्राथमिक उपचारपछि उनलाई नजिकै रहेको ब्लु क्रस हस्पिटल लगिएको थियो । त्यसपछि खेल सुचारु भएको थियो ।

मनिष दोस्रो हाफमा मैदान छिरेका थिए । ६१ औँ मिनेटमा सुनिल बलको स्थानमा उनलाई मैदान छिराएको थियो । तालिकाको शीर्षस्थानमा रहेको मच्छिन्द्रले उक्त खेल २–० गोलले जितेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]