०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – त्रिभुवन विश्वविद्यालयले अब स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घण्टाको मात्र लिने भएको छ ।

यसअघि स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने अभ्यास भएतापनि कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै विश्वविद्यालयले समय घटाउने निर्णय गरेको हो ।सङ्क्रमण कायम रहेसम्म परीक्षाको प्रावधान परिवर्तन गर्न सकिने भएकाले मङ्सिरमा हुने स्नातकोत्तरको परीक्षादेखि परीक्षावधिलाई २ घण्टामा सीमित गरिनेछ ।त्यस्तै, स्नातक तहको परीक्षालाई पनि डेढ घण्टामा सीमित गरिने भएको छ । ३ घण्टा सञ्चालन गरिँदै आएको स्नातक तहको परीक्षालाई कोरोना सङ्क्रमण अवधिभरका लागि घटाइएको हो ।

यही मङ्सिर १६ गते सकिएको कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएको थियो । उक्त, अभ्यास सफल भएकाले विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि पनि यो निर्णय गरेको जनाइएको छ ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी दिए ।उनका अनुसार यही मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । उनले पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने बताए ।

त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । उनका अनुसार कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]