०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी : बैतडीका एक किशोर २ दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका १ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन्।

बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनी हिँडेका छोरा अहिलेसम्म बेपत्ता अवस्थामै रहेका विवेकका बुवा देवदत्त भट्टले बताए। एक मात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेका उनले बताए। बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए। गाडी लाइनमा जागिर लगाइदिने भन्दै विवेकले आफू लगायत अन्य ७-८ जनालाई धनगढी लगिएको फोनमार्फत भनेको विवेकका बुवा देवदत्तले बताए। विवेकले त्यति मात्रै भनेर फोन काटेकोले जागिर लगाइदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन। विवेकले फोन गरेको मोबाइल अहिले स्विच अफ गरिएको छ। बेपत्ता छोरा खोजी गरिदिन देवदत्तले प्रहरी चौकी गुरुखोलामा निवेदन दिएका छन्। प्रहरीले बालकको खोजी कार्य जारी रहेको बताएको छ। बेपत्ता बालकको धनगढी लगायतका स्थानमा खोजीकार्य भइरहेको गुरुखोला प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायव निरीक्षक सुरेन्द्र देव भट्टले बताए। गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी,खैरो ज्याकेट,जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी चौकी वा ९८६५८१३३६६ मा सम्कर्क गरिदिन अनुरोध गरिएको छ।

बेपत्ता किशोर दशरथचन्द नगरपालिका १ गुरुखोलामा रहेको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत रहेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]