सप्तरी – संयुक्त राष्ट्रसंघको एक आयोगले गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट हटाएको छ । यसको औषधीय गुणलाई पहिचान गरेर उसले सूचीबाट हटाएको हो ।
लागूऔषध सम्बन्धी संयुक्त राष्ट्रसंघ आयोगले बुधवार विश्व स्वास्थ्य संगठनको सिफारिशलाई स्वीकृति दिँदै गाँजा र यसको धूलोलाई चौथो शेड्युलबाट हटाएको छ । शेड्युलमा गाँजालाई हेरोइन र अन्य लागूऔषधसँगै राखिएको थियो ।