०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – बिहीबार बिहान बौद्ध गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीमा २७ वर्षीया पेम्बा शेर्पा र उनकी एक महिने छोरी मृत फेला परेका हुन्।

सिन्धुपाल्चोकका उनीहरू नयाँपाटीस्थित डेरामा मृत फेला परेका हुन्। त्यस्तै, उनका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेका हुन्। उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक(डिएसपी) नविन कार्कीले बताए।

उनका अनुसार अहिले दोर्जेको स्वास्थ्यमा सुधार आएको छ।बिहान अबेरसम्म बोलाउँदा पनि कोठाबाट ननिस्किएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए।८ बजेतिर प्रहरी पुगेर हेर्दा आमा-छोरी मृत फेला परेको र बुवा अचेत अवस्थामा फेला परेको डिएसपी कार्कीले बताए। प्रहरीले राति झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुनसक्ने आशंका गरेको छ।

‘राति झ्याल ढोका बन्द गरेर हिटर बालेको रहेछ,’डिएसपी कार्कीले भने, ‘त्यसै कारणले निस्सासिएर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।’प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]