
सप्तरी – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार स्थगित भएको पुलको आज उद्घाटन गर्ने भएका छन् ।
बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि रोकिएको पुलको आज ११ बजे उद्घाटन कार्यक्रम हुने पौडेलका स्वकीय सचिव चीरञ्जीवी अधिकारीले जानकारी दिए । “अहिले उहाँ(पौडेल) घरमै हुनुहुन्छ । केहीबेरमा पुल उद्घाटनका लागि निस्कनुहुनेछ,” अधिकारीले बाह्रखरीसँग भने ।बुधबार पौडेल उद्घाटन गनृका लागि जाँदा नेकपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए भने जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेको थियो ।
सो क्रममा पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले बेलुका मात्र छाडेको थियो । रिहा भएलगत्तै पौडेलले आज ११ बजे पुल उद्घाटनको कार्यक्रम गर्ने जानकारी गराएका थिए ।