०९ फाल्गुण २०८०, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयको दुईको घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।‘चिसोले पानी जमेका कारण आगो निभाउन समस्या भएको थियो । तर बिहानैदेखि सबैको प्रयासमा आगो नियन्त्रणमा आएको छ,’ डीएसपी सुबेदीले भने, ‘क्षतिको यकिन विवरण भने अझै आउँन सकेको छैन् ।’विमानस्थल क्वाटरमा बिहीबार बिहानै आगो लागेको थियो । कार्यालयमा हिटर बालिएको र विद्युतको तार सर्ट भएपछि आगलागी भएको हुनसक्ने डीएसपी सुबेदीले बताए ।‘कार्यालयमा हिटर बालिएको रहेछ । हिटरको लातोले विद्युतको तार सर्ट भएर आगो लागेको हुनसक्छ,’ सुवेदीले भने, ‘कसैले आगो लगाएको भन्दा पनि प्राविधिक कारणले नै आगो लागेको पाइएको छ ।’

डीएसपी सुबेदीका अनुसार आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]