२७ आश्विन २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २०, २०७८

काठमाडौँ – भारतले अस्ट्रेलियालाई ९६ रनले पराजित गर्दै यू-१९ विश्वकपको फाइनलमा स्थान बनाएको छ। भारत लगातार चौथो तथा समग्रमा ८ औँ पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो। उसका लागि कप्तान यस धुलले १ सय १० रनको शानदार इनिङ खेलेका थिए। त्यस्तै शेख रसिदले ९४ रन बनाएका थिए।

जवाफमा ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटिएको थियो। उसका लागि लाचलान शाले सर्वाधिक ५१ रन बनाएका थिए। त्यस्तै कोरि मिलरले ३८ रन बनाउँदा काम्बेल केल्वेले ३० रन बनाएका थिए।

अब उपाधिका लागि भारतले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। भारत पाँचौँ पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ। प्रतियोगिताको फाइनल ५ फेब्रुअरी मा हुनेछ। भारतले यसअघि २०००, २००८, २०१२ र २०१८ मा गरी चार पटक उपाधि जितेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]