२९ आश्विन २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १८, २०७८

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले आज अफ्रिकी मुलुक मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध दोस्रो खेल खेल्न लागेको हो ।

घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा छ । गत शनिबार भएको पहिलो खेलमा नेपाल १–० ले विजयी भएको थियो । बिमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।

डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् भने मनिष डाँगी र दर्शन गुरुङ समेटिएका छन् ।

किरण लिम्बूको कप्तानीमा विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, बिमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ टिममा अटाएका छन् ।

मरिसस पनि यो खेल जितेर बदला लिन चाहन्छ । नेपालले पहिलो पटक मरिसससँग खेल्ने अवसर पाएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]