सप्तरी – जिल्लाको कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको शव फेला परेको हो ।नहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित नहरमा हुसैनको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।तीन दिनअघि धोबिनी गाउँपालिका–१ भिखमपुर जन्ती जान भनी साथीसँगै निस्केका उनी बेहुलीको घरमा नपुगेको आफन्तहरुले बताएका छन् । उनी वेपत्ता भएपछि आफन्तले खोजी शुरु गरेका थिए ।सँगै जन्ती जान निस्केका साथीहरुले नै उनको हत्या गरेको हुन सक्ने आशंका मृतकका आफन्तले गरेका छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ ।
घोप्टो परेको अवस्थामा नहरमा शव भेटिएको र मृतकको दाहिने आँखा निकालिएको अवस्थामा बव फेला परेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसंधान जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।