सप्तरी – तनहुँ प्रशासनले व्यास १ को मोटरेबल पुल निर्माण भएको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । मध्याह्न १२ बजेबाट लागू हुने गरी साँझ ६ बजेसम्म पुल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ सागर आचार्यले बताए ।
‘पुलको उद्घाटनका पक्ष र विपक्षमा झडप हुने देखिएकाले निषेधाज्ञा गर्ने सुरक्षा समितिको निर्णय भएको छ,’ उनले भने ।तालघरे र दुम्सी जोड्ने पुलको दिउँसो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबाट उद्घाटन तय भएको थियो । तर, प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरेपनि पृथ्वी राजमार्गको यातायात आगमनमा समस्या नहुने प्रजिअ आचार्यले बताए ।
त्यस क्षेत्रमा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।