०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १७, २०७७

सप्तरी – नेपालमा कृषि तथा पुशपन्छी विकास मन्त्रालयका सचिव डा. योगन्द्र कुमार कार्की र राष्ट्रपति विद्या भण्डारी बीच गत मंगलबार छलफल तथा विमर्श भएको थियो ।

कृषि क्षेत्रको अवस्था र भावी सोचका विषयमा केन्द्रित भई सरकार तथा कृषि मन्त्रालयको छलफल रह्यो ।छलफलमा कृषिको वर्तमान अवस्था, कृषि क्षेत्रमा बजेट विनियोजनाको अवस्था, सञ्चालित मुख्य– मुख्य कार्यक्रमहरू, समस्याहरू, कृषि क्षेत्रको सुधारका लागि हाल गरिएको प्रयासहरू र भावी सोचका जस्ता विषयमा विस्तृत प्रस्तुतीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले राष्ट्रपति समक्ष राखेका थिए ।सचिव डा. योगेन्द्र कुमार कार्की प्रस्तुतीकरण पश्चात सम्माननीय राष्ट्रिपतिबाट कृषि क्षेत्रको विकास र कृषिको समुन्नतीमा चासो र चिन्ता व्यक्त भएको थियो । त्यस्तै, दुरदराजका कृषकको हितलाई समेत ध्यान राखी कृषि, नीति, योजना बनाउन सुझाव दिइन् ।कृषि क्षेत्रमा जोडिएको अन्तर मन्त्रालय र अन्तर विभाग समन्वय अझै प्रभावकारी बनाई कृषि अनुदान कृषकको अवस्था सिर्जना गर्नु पर्नेमा राष्ट्रिपतिको जोड थियो । यसका साथै, कृषि वस्तुको आत्मनिर्भर बढाउने र आयात प्रतिस्थापन गर्ने गरी कार्य योजना तथा काम अघि बढाउन पनि सुझाव दिइन् । कृषि अन्र्तगत रहेको बाली उत्पादन, बजारीकरण, अनुदान, जस्ता समस्या पनि विशेष ध्यानाकर्षणमा गराएकी थिइन् ।

योजना र कार्यक्रम बनाउनको लागि राष्ट्रिपतिसँगको विमर्श फलदायी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ठहर रह्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]