काठमाडौं – अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो सार्वजनिक भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्ध गायक अनुग्रह विष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिङ मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको थियो ।
लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक विकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् ।
भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेका छन् ।
गीतको भिडियोलाई ‘म्यूजिकल फिल्म’को रुपमा एक कथा सहित उतारिएको संगीतकार भुसालले बताए । भिडियोमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाईएको छ ।