३० आश्विन २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०२, २०७८

सप्तरी – वीरगन्जको घण्टाघर चोक खोप केन्द्रमा शुक्रबार कोरोनाविरुद्धको खोप लगाउन लाइनमा बसेका स्थानीय ।
आइतबारदेखि देशैभर कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने कार्यक्रम सुरु गरिए पनि पर्सा जिल्लामा भने ‘बुस्टर डोज’ खोप लगाउने अभियान अन्यौलमा परेको छ ।

स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहको लापरवाहीका कारण पर्सामा बुस्टरडोज खोप लगाउने कार्यक्रम सुरु हुन नसकेको हो । पर्सा र वीरगन्जमा पछिल्लो सातादेखि कोरोना संक्रमण दर ह्वात्तै बढ्दै गएको छ । तर, स्वास्थ्य कार्यालय पर्साका प्रमुख साह भने विगत ४ दिनदेखि जनकपुर गएका छन् । जसका कारण ‘बुस्टर डोज’ कार्यक्रम सुरु हुन नसकेको हो ।

स्वास्थ्य मन्त्रालयले आइतबारदेखि देशभर बुस्टर डोज खोप लगाउने कार्यक्रम सुरु गरेको भएपनि कोरोना संक्रमणको हटस्पट बन्दै गएको पर्सामा भने बुस्टर डोज खोप कार्यक्रम कहिलेदेखि सुरु गर्ने भन्ने विषय नै अन्यौलमा रहेको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्यकर्मीले बताए ।

स्वास्थ्य कार्यालय पर्साले बुस्टर डोज खोप कार्यक्रम सञ्चालनका लागि अहिलेसम्म कुनै सुरसार नभएको जनाएको छ। स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख साहले पनि पर्सामा ‘बुस्टर डोज’ खोप कार्यक्रम ४/५ दिनपछि मात्रै सुरु हुने बताए ।

जनकपुरमा रहेका साहले ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालनका लागि अहिलेसम्म प्रदेश आपूर्ति केन्द्र जनकपुरसँग खोपको माग नै नगरिएको बताए । उनले भने ,‘ १/२ दिनपछि केन्द्रसँग खोप माग गर्छौ , खोप आएपछि जिल्लामा ‘बुस्टर डोज’ खोप कार्यक्रम सञ्चालन हुन्छ । तर, स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले भने बुस्टर डोज खोप कार्यक्रम सञ्‍चालनका लागि जिल्लामा खोप अभाव नरहेको बताए ।

जिल्लाका हरेक पालिकामा अहिले खोप प्रयाप्त मात्रामा मौज्दात रहेको स्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मीले बताए । उनले भने ,‘ खोप जत्ति पनि छ , कार्यालय प्रमुखको निर्देशन कुरेर बसेका छौं , यदि आदेश भयो भने अहिलेदेखि नै बुस्टर डोज कार्यक्रम सञ्‍चालन गर्न सकिन्छ ।’

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख साह गत बिहीबारदेखि जिल्ला छाडेर जनकपुरस्थित आफ्नो निवासमा गएर बसेको र कुनै निर्देशन नदिएको ती स्वास्थ्यकर्मीले बताए । यसका साथै पर्सामा बुस्टर डोज खोप लगाउने लक्षित जनसंख्याको यकिन तथ्याङक पनि कार्यालयमा उपलब्ध नभएका कारण बुस्टर डोज खोप कार्यक्रम अन्यौलमा परेको उनीहरुको भनाइ छ ।

पर्सामा खोप लगाउन योग्य जनसंख्या ४ लाख ७५ हजार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ती मध्ये हालसम्म पूर्ण डोज खोप ४३ प्रतिशत अर्थात् २ लाख ३ हजार ५ सय २२ जनाले लगाएका छन् भने एक मात्र डोज लगाउनेको संख्या ५५ प्रतिशत अर्थात् २ लाख ५५ हजार ३१ जना रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]