२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ३०, २०७८

काठमाडौं – बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ ।

साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको ‘पुष्पा’को निर्देशन सुकुमारले गरेका हुन् । हिन्दी बाहेक अन्य भाषामा भने यो चलचित्र एक साताअघि नै प्राइम भिडियोमा रिलिज भइसकेको छ ।

‘पुष्पा’को हिन्दी भर्सनलाई प्राइम भिडियोले गएराति १२ बजे रिलिज गरेको हो । हिन्दीका दर्शकले यो चलचित्र हेर्दा अंग्रेजीमा सब-टाइटल पनि देख्नेछन् । गत जनवरी ७ मै ‘पुष्पा’लाई हिन्दीमा समेत ओटीटीमा रिलिज गर्ने तयारी भएपनि बक्स अफिसमा धमाका मच्चाइरहेकाले यसका निर्माताले एक सातापछि मात्र प्रसारण गर्न आग्रह गरेका थिए ।

‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै हालसम्म ८० करोड भारुभन्दा बढीको कमाइ गरिसकेको छ । यो चलचित्र सिनेमा हलमा डिसेम्बर १७ देखि प्रदर्शनमा आएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]