०९ कार्तिक २०८३, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ३०, २०७८

काठमाडौं – कोरोना भाइरसबाट संक्रमित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको छ । गत शुक्रबार बेलुकी पीसीआर परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको थियो । उनको निजी सचिवालय सदस्य एवं प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमार्फत प्रचण्डको स्वास्थ्यमा सुधार आएको जनाएकी छिन् ।

उनले लेखेकी छिन्, ‘बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकाले डाक्टरको सल्लाहअनुसार अबको २ दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्नुहनेछ ।’

माओवादी केन्द्रको आठौं महाधिवेशनपछि माओवादीका धेरैजसो नेताहरु संक्रमित भएका छन् । पार्टी मुख्यालय पेरिस डाँडामा कार्यरत दुई जनाबाहेक सबै संक्रमित भएका थिए ।

माओवादीको आठौं महाधिवेशन कोरोनाको हटस्पट भएको भनी विश्लेषण गरिएको थियो । प्रचण्ड सत्तारुढ गठबन्धनको छलफल गरेपछि संक्रमित भएका थिए ।

उक्त बैठकमा सहभागी भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् । उनको स्वास्थ्य पनि सुधारोन्मुख भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]