१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – लामो समयपछि सञ्चालनमा आएका बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु दुई दिनमै बन्द भएका छन् । कोरोना भाइरसको जोखिम बढेको भन्दै शनिबारदेखि नगरपालिका क्षेत्रमा लकडाउन गरिएपछि विद्यालय पनि बन्द भएका हुन् ।

नगरकार्यपालिकाको बैठकले नगर क्षेत्रमा लकडाउन गरेकाले शिक्षण संस्थाहरु बन्द भएका दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताउनुभयो । कक्षा १२ को परीक्षा स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर सञ्चालन हुने तर अन्य शिक्षण संस्थाहरु बन्द रहने उहाँको भनाइ छ ।नगरपालिकाले नगर क्षेत्रभित्रका लामो समयदेखि बन्द रहेका विद्यालय यही मंसिर ११ गतेबाट सञ्चालनमा ल्याएको थियो । नगरक्षेत्रमा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि विद्यालय फेरी बन्द गरिएका शिक्षा शाखा प्रमुख नाथले जानकारी दिनुभयो ।लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुमा भने नकारात्मक असर पर्दै गएको छ । लकडाउनका कारण गएको चैतदेखि विद्यालय बन्द छन् । यो शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थी नपुगेरै शैक्षिक सत्र अन्त्य हुने चिन्ता बढेको मणिलेक मावि गुरुखोलका प्रधानाध्यापक केशवदत्त भट्टले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा शिक्षणका अन्य विकल्पहरु प्रभावकारी नभएका र विद्यालय सञ्चालन नहुँदा विद्यार्थीहरुमा नकारात्मक असर परेको उहाँले बताउनुभयो ।

नगरपालिकाले यसअघि कोरोनाको जोखिम कायमै रहेको भन्दै रेडियो शिक्षा र टोल शिक्षामार्फत पठनपाठन गरेको थियो । दशरथचन्द नगरपालिकाकालाई शनिबारदेखि मंसिर २२ सम्म लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापासहित १८ जनालाई शनिबार कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]