०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – फरक क्षमता भएकी बालिका बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भई हाल पोखरा महानगरपालिका–१६ लामाचौर बस्दै आएका २९ वर्षीय प्रकाश नेपालीलाई शनिबार पक्राउ गरिएको कास्की जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।नेपालीलाई जबरजस्ती करणी कसुरमामा आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको उनले बताए । घरमा कोही नभएको मौका पारी डरत्रास देखाई नेपालीले ती बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले बताएका छन् ।यसैबीच, स्याङ्जाको पुतलीबजार नगरपालिकाकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।शनिबार राति ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दलबहादुर थापालाई पक्राउ गरेको हो । विवाह गर्ने आश्वासन दिँदै प्रलोभनमा पार्दै ती बालिकालाई थापाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार थापालाई करणी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]