१८ चैत्र २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – सडक निर्माणमा ढिलासुस्ती गरेको विरोधमा रुपन्देहीको बेलहियामा आइतबार स्थानीयवासीले चक्काजाम गरेका छन् ।

बेलहिया व्यापारिक मार्ग निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै बेलहिया गाउँ समाजको अगुवाइमा चक्काजाम गरिएको हो । निर्माण सुरु गरेको सात वर्ष भइसक्दा पनि निर्माण सम्पन्न नभएपछि उक्त सडकको अन्तिमविन्दु मानिने ठाउँमा विरोध प्रदर्शन भएको हो ।२७.५ किलोमिटर लामो सडकमध्ये विभिन्न खण्डमा छुट्टाछुट्टै ठेकेदारले निर्माणको जिम्मेवारी लिएका थिए । जसअनुसार बेलहियातर्फ ७०० मिटर निर्माण सम्पन्न हुन बाँकी छ । सोही सडकखण्डको बुटवलतर्फ छुट्टै विषयमा विवाद भइ निर्माण रोकिए पनि बेलहियातर्फ ठेकेदारकै लापरवाहीले जम्मा ७ सय मिटर सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको आरोप छ ।इलाका प्रहरी कार्यालय बेलहियादेखि बाइपास सडकसम्मको साढे ७ सय मिटर सडक निर्माण हुन बाँकी छ । उक्त सडक नबन्दा बेलिहया–बुटवल सडकखण्ड अन्तर्गत मुख्य प्रवेशद्वार आसपास धुलाम्य भएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

स्थानीयवासी देवराज न्यौपानेले सडक छिटो सम्पन्न गर्न माग गर्दै आफुहरुले साढे दुई घण्टा चक्काजाम गरेको बताए । सडक निर्माण कार्यमा ध्यान नदिए आगामी दिनमा बेलहियामा रहेको भैरहवा भन्सार कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालयसमेत ठप्प पार्ने स्थानीयवासीको चेतावनी छ । सडकको विषयमा बारम्बार लिखित रुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण गराउँदा पनि सडक नबन्नु स्थानीय प्रशासन र निर्माण व्यवसायीको लारवाहीको नमुना भएको र बाध्य भएर आफूहरु चक्काजाममा उत्रनुपरेको स्थानीय उज्जवल पोखरेलले बताए ।

बुटवल–बेलहिया व्यापारिक मार्ग निर्माण आयोजनाकी इञ्जिनियर शुभेच्छा सारुले निर्माण सम्झौता गरेको विरुवा कन्स्ट्रक्शनलाई पुनः पत्राचार गरेर छिटो काम सक्न निर्देशन दिएको बताईन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]