११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – दक्षिण कोरियाली खुफिया एजेन्सीका अनुसार उत्तरु कोरियाली शासक किम जोंग उनले आफ्नो देशमा कोरोनाभाइरस संक्रमण फैलिन नदिन निकै कडा नियम लागू गराएका छन् ।

रिपोर्टका अनुसार किम जोंगले समुद्रमा माछा मार्न प्रतिबन्ध लगाएका छन् । उनले कम्तीमा २ जनालाई नियम उल्लंघन गरेको आरोपमा मृत्युदण्डको समेत आदेश दिएको सिबिएसन्यूजमा प्रकाशित समाचारमा जनाइएको छ । समाचारअनुसार राजधानी प्योंगयाङमा लकडाउन लागू गरिएको छ ।किम सरकारले विदेशी कूटनीतिज्ञसँग अमेरिकालाई उत्तेजित पार्ने किसिमका कुनै पनि गतिविधि नगर्न समेत निर्देशन दिएको छ । रिपोर्टका अनुसार किम अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको उत्तर कोरियाप्रतिको सम्भावित नयाँ दृष्टिकोणका विषयमा चिन्तित छन् । दक्षिण कोरियाका सांसदहरुले खुफिया अधिकारीहरुसँगको ब्रिफिङपछि मिडियालाई यो जानकारी दिएका हुन् ।सांसदहरुमध्ये एक हा के कुनले गुप्तचरको हवाला दिँदै भने ‘किमले अत्याधिक क्रोध प्रदर्शन गरिरहेका छन् र महामारी र यसको आर्थिक प्रभावका विषयमा तर्कहीन उपाय गरिरहेका छन् ।’

रिपोर्टका अनुसार गएको अगष्टमा विदेशबाट आयातीत सामानलाई प्रतिबन्ध गर्ने सरकारी नियम उल्लंघन गरेपछि एक सरकारी अधिकारीलाई मृत्युदण्ड दिइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]